२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन चाहनेलाई दुखको खबर !

काठमाडौँ, जेष्ठ ३१ –

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ

‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ

उल्लिखित निर्देशनलाई देखाउँदै सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो/बन्धक पारित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

स्थानीय तहबाट जग्गाको वर्गीकरण नगरेसम्म कार्यालयले जग्गा रोक्का राख्न नमिल्ने मालपोत कार्यालय कंलकीका प्रमुख हरिकृष्ण सुवेदीले बताए **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

मन्त्रालयले २७ गते परिपत्र गर्‍यो, उक्त दिन शुक्रबार र त्यसपछि लगातार २ दिन बिदा थियो, सोमबारदेखि जग्गा रोक्का राख्ने काम बन्द भएको छ,’ उनले भने, ‘अब स्थानीय तहले जग्गा वर्गीकरण नगरेसम्म जग्गा रोक्का हुँदैन ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

राष्ट्र बैंकले आज सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नियमित छलफलका लागि डाँकेको छ । सो छलफलमा पनि प्रमुख कार्यकारीहरुले यसबारे कुरा उठाउने भएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार