२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

साहसी महिला – १२ चक्के ट्रक चलाउने भाइरल डाइभरनि दिदि।

साहसी महिला – १२ चक्के ट्रक चलाउने भाइरल डाइभरनि दिदि।। सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ।
यो पनि पढ्नु होस्स।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह द्रुत गतिमा आफ्ना काम कारवाहीहरुलाई अगाडी बढाउने ध्याउन्नमा लागेका छन् । यसै क्रममा शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।
फोहोरको व्इबस्थापन, पानीको विकल्पमा काम गरिरहेका बालेनले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्।

सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका मेयर शाहले सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्। उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल थालेको स्रोतको भनाई छ ।

केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्नका लागि उनले निदेृशन समेत दिइसकेका छन् । सो अवसरमा मिडियालाई आफ्नो प्रतिक्रिया दिँदै मेयर शाहले भने पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व छ ।

शाहले भने आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो । टुँडिखेलबाट पानी ल्याउने कुरामा नेपाली सेनाले पनि मेयर शाहको यो अभियानलाई सहयोग गर्ने बताइएको छ ।

शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा कुरा राखेको र सेना सकारात्मक भएको बुझिएको छ ।यस्तै बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरिने बताए । त्यसले वातावरणमा असर नपर्ने उनको भनाइ छ ।

“सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ । जैविक केमिकल प्रयोग गर्दै छौँ । जसले वतावरणमा असर पार्दैन,” उनले भने, “सफा पानी मात्र खोलामा जाने बनाउँदै छौँ ।”

तीनपिप्लेदेखि बन्चरेडाँडाको बाटो निर्माणकार्य असारको पहिलो हप्तादेखि सुरु हुने उनले जानकारी दिए । बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि योजनाअनुसार काम भइरहेको उनले उल्लेख गरे

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार