२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

भोलिदेखि आइतबारे बिदा कटौती

काठमाडौं । असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।भोलिबाट नै लागू हुनेगरी आइतबारे बिदा कटौती भएको हो ।

गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।

कार्यालय समयमा कर्मचारीहरु अनिवार्य कार्यालय हुनुपर्ने, भए नभएको अनुगमन तोकिएको नियमन निकायले गर्नुपर्ने, नागरिकको सेवामा दत्तचित्त भइ काम गर्नुपर्नेगरी कर्मचारीहरुलाई गृहले निर्देशन दिएको छ ।

https://www.nep24khabar.com/wp-content/uploads/2022/06/Bidha-293×300.jpg

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार