२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

विदेशबाट फर्किदा सोझालाई यसरी फसाउँदा रहेछन्, एयरपोर्टमा पक्राउपछि खुल्यो रहस्य

काठमाडौं, २९ जेठ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका हुन् । जजिरा एअरलाईन्सबाट आज (आइतबार) बिहान विमानस्थलमा उत्रिएका उनीहरु रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची रहेका छन् । उनीहरुलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको थियो । प्रारम्भिक बयानमा उनीहरुले अन्य व्यक्तिले एक–एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाउन भनेको भनेका छन् ।

पाइन्ट सम्बन्धित व्यक्तिसम्म पुर्याए केही रकम दिने आश्वासन पनि दिइएको थियो । यो सोझा व्यक्ति देखेर फसाउने जुक्ति भएको खुल्न आएको छ ।

पाइन्ट भनेर बोक्न लगाउँने तर पाइन्टभित्र सुन राखेको पाईयो । सोझा व्यक्तिलाई भरिया बनाएर अवैध काम गरेको देखिएको एक प्रहरी अधिकारीले भनेका छन् ।

२०७९ जेष्ठ ३१, मंगलवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार