२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

ह्वात्तै वढ्यो चिनीको मूल्य, प्रति किलो कति पुग्यो ?

काठमाडौं, २९ जेठ ।

नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो ।

संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’

उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ । संघले आधिकारिक रूपमा १०५ रुपैयाँ तोके पनि व्यापारी पिच्छे फरक–फरक मूल्य कायम भएको तुलाधरको भनाइ छ ।

यसअघि, पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेपनि व्यापारीले ९८ रुपैयाँसम्म बिक्री गर्थे । यसपटक पनि यसैगरी खुद्रा व्यापारीले ११० रुपैयाँसम्म बिक्री गर्ने तुलाधरको भनाइ छ

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार