२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

जिबब : आमा बुबाबाट स्वतन्त्र हुन निवेदन दिएको हुँ मुद्दा हालेको छैन

काठमाडौं । र्‍यापर ‘जि बब’ अर्थातसुदीप भण्डारीले आमाबुवाबाट स्वतन्त्रता चाहेको बताएका छन् । जिबबले आफुले बुबाआमाविरुद्ध मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि मात्र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन् ।

जि बब र बाबुआमाले एक अर्काविरुद्ध उजुरी दिएको सार्वजनिक भएपछि जिबबले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रष्टीकरण दिएका हुन् । उनले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको बारम्बार दोहोर्‍याए ।

जिबबले भने, ‘मैले स्वतन्त्रता खोजिरहेको हो । त्यसैका लागि कपिमा लेखेर सिडीओमा निवेदन दिएको हुँ । तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो । मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ । मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन । तर, मैले मुद्दा हालेको होइन । निवेदन दिएको हुँ । निवेदन भन्छ यसलाई । ‘नि..वे..द..न..’

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार