
काठमाडौँ :
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।
उनले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ हुने प्रतिबद्धता जनाइएको शाहले बताए ।
उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने शाहको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।