२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

सरकारले गर्यो प्रत्येक घरधुरीलाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्ने घोषणा !

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो (इन्डक्सन) उपलब्घ गराउने घोषणा गरेको छ । यो अहिलेको आवश्यकता भए पनि कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

स्थानीय तहसँगको सहकार्य, विद्युत वितरण प्रणालीको गुणस्तर र लागत व्यवस्थापनका आधारमा यो कार्यक्रममाथि संशय उठेको हो ।सरकारले प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक चार सय पुर्‍याउने लक्ष्य राखेको छ ।आगामी वर्ष करिब ७५० मेगावाट विद्युत् प्रणालीमा थपिँदा सुक्खायाममा समेत थोरै मात्र आयात गर्नुपर्ने भएकाले इन्डक्सन चुलो वितरण गर्ने निष्कर्षमा सरकार पुगेको हो ।पेट्रोलियम पदार्थको उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमै असर गरेकाले सरकार इन्डक्सन वितरणको योजना बनाएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

खाना पकाउने प्रयोजनमा खपत हुने ग्यास आयातमा मात्र वार्षिक करिब ३२ अर्ब रुपियाँ विदेशिने गरेको छ ।स्वच्छ र स्वदेशी ऊर्जाले यसलाई विस्थापन गर्ने सोचअनुरूप ल्याइएको यो कार्यक्रम आकर्षक देखिए पनि चुनौती भने कम नरहेको सरोकारवालाको भनाइ छ ।प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समेत यो कार्यक्रम कार्यान्वयनमा संशय व्यक्त गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

इन्डक्सन चुलो वितरणको आश्वासन राम्रो छ तर कार्यान्वयन हुन सक्दैन, उनले भने । प्रत्येक घरमा इन्डक्सन चलाउने पूर्वाधार बनाउने हो भने विद्युत् वितरणको पूर्वाधारमा पाँच खर्ब रुपियाँ लगानी थप्नुपर्ने उनको दाबी थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यसैगरी ६० लाख घरधुरीमा इन्डक्सन चुलो पुर्‍याउन ३० अर्ब खर्चनुपर्ने उनको आँकलन छ ।इन्डक्सन चुलो प्रयोग प्रवर्द्धनमा सक्रिय प्राध्यापक अमृतमान नकर्मीले सरकारको यो कार्यक्रम अत्यन्तै आकर्षक रहेको बताँछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार