२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

यो झार कुन होला ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई !

काठमाडौ । जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।

यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा.लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् । वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् । काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् ।

बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वाहा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो ।‘ अहिले भने मेरा सुखका दिन आए, यसरी बनको फोहोरबाट मोहोर कमाईएला भन्ने मैले सोचेको पनि थिइन्’ उनले सुनाए ।

उनीमात्र होइन, वनपाखामा त्यसै उम्रिएर हैरान हुने उन्यू, बनमारा, ऐसेलु लगायतका काँडा यतिखेर यस क्षेत्रका किसानका लागि गतिलो आम्दानीको स्रोत बनेको छ ।

झाँडी काटेर कृषकहरुले चारकोल बनाउन सुरु गरेसँगै यस क्षेत्रका किसानहरुको आर्थिक स्थीतिमा समेत सुधार आएको हो । दाउरा, काठ र सुकेका बायोमासबाट चारकोल बनाइन्छ ।

यसलाई गोल पनि भनिन्छ । केही समयअघिसम्म त्यसैखेर गइरहेको बुट्यानलाई काटेर जलाएपछि निस्कने चारकोलको व्यापारबाटै आम्दानी गर्न सकिन्छ भन्ने कुरा यस क्षेत्रका किसानहरुलाई थाहा थिएन ।

वनपाखामा झाँडी बढ्दा बन्यजन्तुले दुख दिएर खेतबारीमा लगाएको बालीनाली समेत नष्ट हुने गर्दथ्यो । तर अहिले झाडी कटानले गर्दा वन्यजन्तुकोपनि भय खेप्नु परेको छैन । जैविक इन्धनको रुपमा चारकोललाई लिइन्छ ।

झाडी पोलेर तयार हुनेचारकोलबाट खाना पाकाउन, होटल तथा रेस्टुरामा मात्र हैन ईट्टा भट्टामा कोइलाको विकल्पमा समेत प्रयोग गर्न किफायति मानिन्छ । चारकोल निर्माणबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनाल बताउँछन् ।

रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गर जस्ता खेर जाने बायोमासलाई विशेष प्रविधि रिट्रोट भित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ ।

कृषिजन्य अवेशष, पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा, रुखका बोक्रा, धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ ।

इँटाभट्टामा कोइलाको प्रयोगबाट निस्कने धुवाँमा कार्वनडाइअक्साइडको मात्रा अत्यधिक रहेको जानकारहरु बताउँछन् । मुलुकका करिब ८०० वटा इँटाभट्टाले वर्षमा करिब पाँच लाख ६५ हजार मेक्ट्रिक टन कोइला खपत गर्दछन् ।

इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योग र कारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने अर्गानिक वल्र्ड प्रा.लि.का संचालक राजन पराजुली बताउँछन् । यसैले यो प्रविधि र सिप अब हाम्रो देशभरी पुर्याउन जरुरी छ । हाम्रो उत्पादन स्वदेशसँगै विदेशमा सम्म पुर्याउन जरुरी छ ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार