२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

जागिर छाडेपछि पनि बैंक खातामा आउँथ्यो तलब, १५ वर्षमा पौने ८ करोड झ्वाम

जागिर गर्नेहरु महिना बितेपछि तल`ब आउने प्रतिक्षा गर्छन् । यसका लागि उनीहरु कडा मेहनत गर्छन् । तर, एक व्यक्तिले १५ वर्षदे|खि काम गरेका थिएन`न् तर उनको बैंक खातामा तलब भने आइरहन्थ्यो । इटलीको समाचार एजेन्सी अन्सालाई उद्धृत गर्दै विविसी अनु`सार यी व्यक्ति इटली`को मेडि`कल विभागमा काम गर्थे ।

उनले कुनै सूचना नदिइ १५ वर्ष|अगाडि काम गर्न छाडेका थिए ।उनी काममा जान छाडे पछि १५ वर्षसम्म उनको बैंक खातामा तलब भने गइरहेको थियो । यो अवधिमा प्रत्येक महिना उनको खा|तामा पैसा जम्मा हुन्थ्यो । यो कु|राको खुलासा भए|पछि उनीमाथि धोकाधडीको आरोप लगाइएको छ ।

उनको खातामा तलब गइरहेको कुराको खुला`सा पनि नि`कै रोचक तरि`काले भएको थियो । उनको खाता|मा सघैं त्यही दिन पैसा जम्मा हुन्थ्यो जुन दिन अन्य कर्म`चारीको खातामा पैसा जम्मा हुन्थ्यो । विगत १५ वर्षदेखि यो क्रम जारी थियो ।

रिपोर्टका अनुसार २००५ मा यी व्यक्तिको आफ्ना म्यानेजर`सँग झगडा भएको थियो । उनले म्यानेजरलाई ध`म्की पनि दिएका थिए तर त्यसको केही समयपछि नै म्याने`जरले अवकाश पाइन् । आरोपी त्यसपछि कार्यालयमा अनुप`स्थित हुन थाले र यस्तो गर्दा`गर्दै १५ वर्ष बित्यो ।

हालै पुलिसले अर्को एउटा धोकाध`डीको केसमा अनुसन्धान गर्ने क्रममा अनुपस्थित रहनेहरुको जाँच गरिरहेको थियो । अर्कै जाँच`को क्रममा उनी पनि अनु`पस्थित रहेको पुलिसले थाहा पाएपछि यसको खुलासा भएको हो ।पुलिसले विभागसँग यस विष`यमा सोध`पुछ गर्न थालेपछि धेरै खुलासा भए ।

जाँचमा मानव संसा`धन विभाग र नयाँ म्यानेजर`लाई यसबारे थाहा नै नभएको खुलासा भयो । यति|मात्र होइन अन्य कर्मचारीहरुले पनि आरोपी किन कार्यालय आइरहेका छैनन् भनेर जान्ने कोसिस गरेनन् । जाँचमा यसमा वि`भागका अन्य ठूला अधि`कारी पनि संलग्न हुन सक्ने आशंका बढेकोले पुलिसले यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

रिपोर्टमा यी व्यक्तिको पहि`चान खुलाइ`एको छैन । यी व्यक्तिलाई १५ वर्षमा ५ लाख ३८ हजार युरो (७ करोड ७७ लाख रुपैयाँ) तलब दिइएको छ । उनको उमेर ६७ वर्ष भएको रिपोर्टमा जनाइए`को छ । विभागका ६ जना म्यानेज|रमाथि यो घटना`मा संलग्न हुन सक्ने आशंकामा अनुस`न्धान भइरहेको छ । – डिसी नेपाल

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 0 Minutes 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार