
काठमाडौँ । समुद्रशास्त्रमा शरीरमा हुने सबै कालो कोठीको महत्व हुने गर्दछ। यी कोठीको पनि हाम्रो स्वभाव र भविष्यमा निकै ठूलो असर पर्ने गर्दछ।
शरीरमा कुन स्थानमा कालो कोठी भएका व्यक्तिको स्वभाव कस्तो छ भन्ने बारे सजिलै अनुमान लगाउन सकिन्छ। आज हामी शरीरका यी स्थानमा कालो कोठी भएका व्यक्तिको स्वभावका बारेमा चर्चा गर्दैछौँ।
नाभिको आसपास कालो कोठी
समुद्रशास्त्रका अनुसार पेटमा भएको कालो कोठीलाई शुभ मानिदैन्। तर कालो कोठी नाभिको वरिपरी छ भने निकै शुभ मानिने गरिन्छ। यस्ता व्यक्ति निकै धनवान हुने शास्त्रमा उल्लेख छ।
पिठिउमा कोठी
जुन व्यक्तिको पिठिउमा कालो कोटी छ त्यस्ता व्यक्ति निकै रोमान्टिक हुने गर्दछन्। साथै यस्ता व्यक्तिसँग कहिलै पैसाको कमी हुँदैन्।
आँखाको नजिक कोठी
जुन व्यक्तिको आँखाको तल र नाकको नजिक कालो कोठी छ, त्यस्ता व्यक्तिको स्वभाव कम बोल्ने र रहस्यमय हुने गर्दछ। यस्ता व्यक्तिलाई बुझन निकै समस्या पर्दछ।
आइब्रोको नजिक कालो कोठी
जुन व्यक्तिको आइब्रोको नजिक कालो कोठी हुन्छ, त्यस्ता व्यक्तिलाई निकै शुभ मानिने गरिन्छ। यस्ता व्यक्तिको दाम्पत्य जीवन निकै सुखमय हुने गर्दछ।
चिउडोमा कोठी हुनु
जुन व्यक्तिको चिउडोमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्तिलाई कहिलै पनि धनको अभव हुँदैन्। किनकी यस्ता व्यक्तिको आय साधन सधै बन्ने गर्दछ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।