
काठमाडौं : संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ललाई सम्मान स्वरुप सेयर गर्न नभुल्ल्नु होला ! (भिडियाे)
नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।
‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ तीन वर्षअघिको त्यो क्षण सम्झँदै १२ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’
त्यही ‘अनविलियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी । ‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् ।
त्यही प्र´तिवद्धताअनुसार उनले दैनिक अ´भ्यास गरिन् । भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परिणाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रतिक्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।