२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

घरमा सुतिरहेको अवस्थामा महिलाको शरीरभित्र पस्याे ४ फिट लामो सर्प, यसरी निकालियो पेटबाट (भिडियो)

सियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएको छ । यसको व्यापक चर्चा पनि छ।डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ।

महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो।उक्त सर्पको लम्बाइ १.२ मिटर रहेको थियो । यो अझै स्पष्ट छैन कि उक्त सर्प जीवित छ कि छैन र महिलाको शरीरभित्र कति समय रह्यो ।

उनको घाँटीमा ट्युब छिराएर चिकित्सकले उक्त सर्पलाई निकालेका थिए । महिला स्वास्थ्यकर्मीले महिलाको मुखबाट बाहिर निकाल्दा सर्पलाई समातिन् । सबै स्वास्थ्यकर्मीहरू सर्पको लम्बाइ देखेर चिच्याए ।

दागेस्तानको स्वास्थ्य मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । स्थानीयहरूकाअनुसार यस्ता घटनाहरु विरलै हुन्छन् । भिडियाे

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 451 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार