२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै दम तोडे !

एजेन्सी– चाहिने भन्दा बढी जे पनि हानिकारक हुन्छ । उखान यसै बनाएको होइन ‘घाटी हेरी हाड निल्नु’ । शरीरले पचाउन सक्ने क्षमता नहुँदा जिद्दी गरेर केही हुँदैन । उल्टै मृत्युको कारण बन्न सक्छ । यस्तै एउटा घटना घटेको छ भारतको उत्तर प्रदेशमा ।उत्तर प्रदेशको जौनपुरमा एक व्यक्तिले हासी–मजाकमै ५० वटा अण्डा खाने बाजी लगाए । त्यही बाजी नै उनको मृत्युको कारण बनेको छ ।

उत्तर प्रदेशको बीबीगंज बजारमा ५० वटा अण्डा खाने शर्तमा सुभाष यादवको ज्यान गएको हो । शाहगंजको कोतवाल क्षेत्रस्थित धौरहरा गाउँका थिए उनी ।गत शुक्रबार बेलुकी सुभाष आफ्ना एक साथीसँग बीबीगंज पुगेका थिए ।

जहाँ एक होटेलमा हासी मजाकमै उनीहरुबीच कसले कति अण्डा खान सक्छ भन्ने विषयमा कुरा चल्यो । तँ भन्दा म के कम ? भन्ने स्थिति आएपछि दुईजनाबीच एक बोतल म‘दिरा र ५० अण्डा जस्ले खान सक्छ उसले २ हजार रुपैयाँ जित्छ भन्ने बाजी लगाए ।

बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अण्डा उनले आरामले खाए । तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस बनेर लडे । तत्पश्चात त्यहाँ भएका केही मानिसहरुले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए । तर अवस्था निकै नाजूक बनिसकेको थियो ।बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अण्डा उनले आरामले खाए ।

तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस बनेर लडे । तत्पश्चात त्यहाँ भएका केही मानिसहरुले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए । तर अवस्था निकै नाजूक बनिसकेको थियो ।

डाक्टरले उनलाई लखनउको संजय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थामा रिफर ग¥यो । तर उनीलाई त्यहाँ लगिए पनि कुनै फाइदा भएन । उपचारको दौरान उनको मृत्यु भयो ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुभाषले यही वर्ष नै दोस्रो विवाह गरेका थिए ।

उनको पहिलो पत्नीबाट चार छोरी छन् । उनले छोरा जन्माउने चाहानाअनुरुप दोस्रो विवाह गरेको बताइन्छ ।उनकी दोस्री श्रीमति पनि गर्भवती भएको बताइएको छ । यस्तो अवस्थामा पतिको मृत्युको खबर सुनेर श्रीमती लगायत घरका सदस्यहरु विक्षिप्त बनेका छन् ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 608 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार