२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

नेपालमा जन्मिएका भुटानका राजा, आमाले हलेसी महादेवमा पुत्र बर माग्दा प्राप्ति

काठमाडौं ।

नेपाल र भुटानकाबीचमा लामो सायदेखि सम्बन्ध स्थापित रहेको छ ।यो बीचमा भुटानका राजाबारे नयाँ रहस्य खुल्न आएको छ । त्यहाँका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् ।

राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको खुलाएका हुन् ।नेपाल र नेपाली जनतासँग आफ्नो निकट, भावनात्मक सम्बन्ध रहेको उनले स्पष्ट पारे । उनले भने, ‘किनकी म नेपालमा जन्मेको हो ।’

राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड गरेका छन् ।राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।

जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ ।त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राख्नु भएको थियो ।दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो । राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाउनुभयो ।

२०७९ असार २६, आईतवार प्रकाशित 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार