२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

घरमा यी चिजहरु राखे चम्किन्छ भाग्य !

काठमाडौं । मानिसहरु घरको सजावटका लागि धेरै सामान राखेको देख्नु भएको होला।तर कहिले काही घरमा राखिएका यी सामानले नै तपाईको भाग्य बदल्न सक्छ । आज हामी केही त्यस्ता चीजहरूको नाम बताउन गइरहेका छौं। वास्तुशास्त्र अनुसार घरमा राख्नाले तपाईको भाग्य चम्काउनका लागि सहयोग मिल्नेछ ।

शंख –घरमा शंख राख्नु हिन्दू धर्ममा धेरै शुभ मानिन्छ। यसको आवाजले वरिपरि सकारात्मकता ल्याउँछ भनिन्छ । शंख राखेको घरमा धनको कमी कहिल्यै हुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ । आयुर्वेदमा पनि विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग गरिन्छ ।

नरिवल– नरिवललाई श्रीफल पनि भनिन्छ, यसको बिना पूजा अधुरो मानिन्छ । नरिवललाई माता लक्ष्मीको प्रतीक मानिन्छ। वास्तुशास्त्रका अनुसार यसको नियमित पूजा गर्नाले घरमा सुख(समृद्धि आउँछ। नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको छ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ ।

माटोबाट बनेका वस्तुहरू–वास्तुशास्त्रअनुसार उत्तर पूर्व र दक्षिण पश्चिम दिशाहरू पृथ्वी तत्वसँग सम्बन्धित छन्। यदि घरमा यी दिशामा माटोबाट बनेका वस्तुहरू राखिएमा धेरै शुभ मानिन्छ। यसो गर्नाले घरमा शान्ति कायम रहन्छ।

सिंहको मूर्ति–वास्तुशास्त्र अनुसार घरको पूर्व दिशामा सिंहको मूर्ति राख्दा घरमा समृद्धि आउँछ । घरमा सधैं काँसाको सिंहको मुर्ति राख्नु पर्छ । साथै, मूर्तिको मुख घरको मुख्य ढोका तिर हुनुपर्छ।

लाफिङ बुद्ध– लाफिङ बुद्धलाई घरमा राख्नु पनि निकै शुभ मानिन्छ । बजारमा विभिन्न प्रकारका लाफिङ बुद्ध पाइन्छ । यदि तपाई आफ्नो घरमा पैसाको अभाव वा पैसाको कमीले समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो घरमा पैसाको थैलो बोकेको लाफिङ बुद्ध राख्नुहोस् । किनेर ल्याउनु हुँदैन भन्ने मान्यता छ । कसैबाट उपहार प्राप्त भएमा मात्र यसलाई घरमा राख्नु शुभ मानिन्छ।राख्नुपर्छ। किनेर ल्याउनु हुँदैन भन्ने मान्यता छ । कसैबाट उपहार प्राप्त भएमा मात्र यसलाई घरमा राख्नु शुभ मानिन्छ।

२०७९ असार २३, बिहीबार प्रकाशित 0 Minutes 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार