२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा बेलायती महारानीसहित ३० लाखले खाना खाएका थिए

हङकङ। तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ।

उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ।

डोरीले बाँधेर तान्दै गर्दा रेस्टुरेन्ट डुबेको हो।

उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ। होटल डुब्दा चालक दलका सदस्यहरू भने घाइते नभएको जनाइन्छ। सन् २०२० को मार्चमा कोभिड महामारीको समयमा रेस्टुरेन्ट बन्द थियो।

बेलायतकी महारानी, हलिउड अभिनेता टम क्रुज र व्रिटिश उद्यमी रिचर्ड ब्रान्सनलगायतका ३० लाख भन्दा बढी आगन्तुकले उक्त रेस्टुरेन्टको खाना खाएको विश्वास गरिन्छ।

रेस्टुरेन्ट धेरै चलचित्रहरूमा पनि चित्रित भएको थियो। तर, कोभिड महामारीका कारण पछिल्लो समय व्यवसाय प्रभावित भएको थियो। एजेन्सी

२०७९ असार ९, बिहीबार प्रकाशित 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार