
काठमाडौं । यो विज्ञानको युग हो । धेरै अचम्मको आविष्कारले हामीलाई छक्क पार्ने गरेको छ । तर, अहिलेसम्म मरेको मानिसलाई जीवित बनाउन कुनै प्रविधि ल्याएको छैन । जन्मेपछि हरेक मानिस मर्नै पर्ने प्रकृतिको नियम छ ।
तर यो बीचमा अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मृत्युपछि पनि जिउने बनाउने दावी गरेर सबैलाई चकित पार्यो । यसका लागि मानिसको शव हिउँमुनि गाड्नुपर्ने कम्पनीले जनाएको छ ।
डेली मेलका अनुसार अष्ट्रेलियाको दक्षिणी क्रायोनिक्स कम्पनीको मुख्यालय सिड्नीमा छ ।कम्पनीले होलब्रुकमा आफ्नो उच्च प्रविधिको कम्पनी स्थापना गरेको छ । कम्पनीको दाबी अनुसार –२०० डिग्री सेल्सियस तापक्रममा मानव शव गाड्नुपर्छ ।
यदि विज्ञानले भविष्यमा मानिसलाई जीवित बनाउने कुरा पत्ता लगायो भने गाडिएका लाशहरू बाहिर निकालेर जीवित बनाउन सकिन्छ ।
कम्पनीको दाबी अनुसार यसका लागि कम्पनीले आफ्ना ग्राहकबाट १ करोड ६० लाख भन्दा बढी शुल्क लिने छ । मानव शवलाई –२०० डिग्री सेल्सियसको तापक्रममा तरल नाइट्रोजनको स्टिल च्याम्बरमा गाडिनेछ ।
यसमा शरीरलाई उल्टो अर्थात् खुट्टा माथि, टाउको तल राखिनेछ। जसकारण चेम्बर चुहावट भएमा मस्तिष्क बाँच्ने सम्भावना रहन्छ ।
समाचारका अनुसार हाल कम्पनीसँग ४० जनाको शव हिउँमा गाड्ने क्षमता छ । साथै, कम्पनीको नयाँ गोदामहरू निर्माण गरिनेछ । यसमा ६ सय जनालाई राख्ने व्यवस्था मिलाइनेछ । कम्पनीको यो परियोजनालाई विज्ञानमा क्रायोनिक्स भनिन्छ, जसमा शव चाँडै राखियो भने मरेको मान्छे जिउँदो हुन सक्छ ।
admin
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।