२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

कुनै बेला टायर टाल्ने राहुल बने करौडौको मालिक, कारमा मात्रै १६ लाखको नम्बर प्लेट

काठमाडौं ।

कुनै समय मान्छेहरुको जुठो उठाउने राहुलले आफ्नो मेहनेतले आफ्नो भाग्य कसरी बद्ल्न सफल भएँ ? भाग्य भनेको ऊँट जस्तै हो, जसलाई देखेर कुन छेउमा कतिबेला बस्छ अनुमान गर्न सकिदैन् । भारत, मध्यप्रदेशको कटलामा जन्मेका राहुल तनेजा १८ वर्षअघि ढाबामा जम्मा भारु १५० रुपैयाँमा काम गर्थे । संसारका अनगिन्ती मानिसहरु जुन परिस्थितिबाट गुज्रिरहेका छन्, जसमा धेरैजनाले आफ्नो सम्पूर्ण जीवन यही परिस्थितिमा बिताउँछन् ।

तर राहुल तनेजाको भाग्य अरुको जस्तो थिएन । ढाबामा काम गर्ने यी व्यक्ति सन् २०१८ मा आफ्नो १.५ करोडको कारमा १६ लाखको नम्बर प्लेट लगाउँदा देशभरका अखबारमा आएका थिए । उनले आफ्नो लग्जरी कारको लागि आरजे ४५ सीजी ००१ नम्बर १६ लाखमा किनेका थिए । तनेजा आफ्नो गाडीको नम्बर किनेर चर्चामा आएको त्यो पहिलो पटक थिएन् । तर यसअघि उनले २०११ मा आफ्नो बीएमडब्ल्यू ७ सिरिजका लागि १० लाखको भिआईपी ००१ नम्बर किनेका थिए ।

यातायात अधिकारीका अनुसार उनले किनेको १६ लाख नम्बर त्यसबेलासम्मकै सबैभन्दा महँगो नम्बर थियो । त्यसअघि ११ लाख रुपैयाँसम्मका नम्बरहरू पाइन्थ्यो । स्वेज फार्ममा बस्ने राहुल तनेजा अहिले एक इभेन्ट म्यानेजमेन्ट कम्पनीका मालिक हुन् । धेरै पहिले टायर पङ्क्चर गर्ने बाबुका छोरा राहुलको साना आँखामा ठूला–ठूला सपना तैरिन थाले । त्यही कारणले गर्दा राहुल सानै उमेरमा घर छोडेर मध्य प्रदेशबाट राजस्थानको जयपुर गएका थिए । खानपिनका लागि त्यहाँको आदर्शनगरस्थित ढाबामा काम गर्न थाले ।

ढाबामा दिनभरी काम गरेपछि त्यसको सट्टा उनलाई महिनाको अन्त्यमा १५० रुपैयाँ लैजान्थे । राहुलको एक खुबी भनेको उनले कठिन परिस्थितिमा पनि पढाइ छोडेनन् । जागिरसँगै उनले राजापार्कको आदर्श विद्या मन्दिरमा भर्ना भए र आफैं अध्ययन गर्न थाले ।

साथीहरूसँग किताब, कापी र नोट मागेर आफ्नो पढाइ जारी राखेका उनले नतिजा आउँदा ९२ प्रतिशत अंक प्राप्त गरेर सबैलाई हैरान बनाए । राहुलले एक अन्तर्वार्तामा आफूले दुई वर्षसम्म ढाबामा काम गरेको र त्यसपछि तिहारमा पटाका बेच्ने र होलीमा रंग बेच्ने जस्ता धेरै प्रकारका काम गरेको बताएका थिए । उनको राम्रो लुक्स देखेर साथीहरुले उनलाई मोडलिङ गर्न सल्लाह दिए । साथीहरूको सल्लाहलाई मानेर राहुलले मोडलिङ पनि गर्न थाले, त्यसपछि उनी त्यसमा हराए । त्यस क्रममा उनले फेसन शोमा भाग पनि लिए ।

भाग्य राम्रो थियो र १९९८ मा, राहुल जयपुर क्लब द्वारा आयोजित एक फेसन शो मा विजेता चुनिए । त्यसपछि उनले ८ महिना फेसन शो गरेँ । फेसन शोहरू गर्नुका साथसाथै राहुलले यी शोहरू कसरी आयोजना हुन्छन् भन्ने कुराको पनि ख्याल राख्न थाले । कार्यक्रम आयोजना कसरी गर्ने भन्ने कुराको जानकारी पाएपछि उनले स्टेजमा नभई ब्याक स्टेजमा काम गर्ने निर्णय गरे ।

अर्थात् अब राहुलले शोमा भाग नलिई त्यस्ता शोको सम्पूर्ण कार्यक्रम सम्हाल्ने काम थालेका छन् । त्यसपछि उनले इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । राहुलले यस कम्पनीलाई आफ्नै बलमा अगाडि बढाए, उनले कहिल्यै पछाडि फर्किनु परेको छैन् ।

२०७९ असार ६, सोमबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार