
काठमाडौँ । विश्वका करौडौँ मानिसले भगवान बुद्धलाई शान्तिको अग्रदुतको रुपमा मान्ने गर्छन् । बुद्धले विश्वभरि शान्तिको सन्देश फैलाएका थिए ।
यिनै शान्तिका अग्रदुत भनिएका बुद्धको विभिन्न देशहरुमा साना तथा ठूला मूर्तिहरु बनेका छन् ।
ति मध्येको एक हो चिनको लोसानामा बनेको बुद्धको मूर्ति । ताङ वंशले शासन गरेकोबेला बनाएको बुद्धको मूर्ति ७१ मिटर २३३ फिटको उचाइमा रहेको छ ।
यो चिनको दक्षिणमा स्थित सिचुआन प्रान्तको शहर लेशानमा मिनजियाङ,दादु र किग्यी नदीको संगम स्थित रहेको छ ।
चिनमा निर्मित उक्त मूर्ति विश्वको सबैभन्दा अग्लो मूर्ति हो । आजभन्दा १२०० देखि १३ सय वर्ष अगाडी बनाइएको यो मूर्ति यसकारण पनि खास र विशेष छकी यसलाई पशाडमा रहेको चट्टान काटेर बनाइएको हो ।
दादु र किंग्या नदीमा आउने छाल रोकिने विश्वासले चिनियाँ भिक्षु हाइ टमले बनाएका हुन् । मूर्ति पूर्ण रुपमा सकिनको लागि ९० वर्ष लागेको थियो । प्राचिन समयको एक इन्जिनियरको अद्भूत चमत्कार हो ।
पहाडबाट तल झर्ने पानीले कुनै हानी नोक्सानी नपुराओस् भन्ने कुरामा सचेत भएर उक्त मूर्ति निर्माण गरिएको हो ।
लाखौँ पर्यटकहरु उक्त मूर्ति अवलोकन गर्न आउने गरेका छन् । हजार वर्ष अघि निर्माण भएको मूर्तिको स्वरुप अहिले पनि उस्तै रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।