२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

यो बाख्राले घाँस होईन, माछा खान्छ (भाइरल भिडियोसहित)

काठमाडौं । के तपाईंले कहिल्यै मांसाहारी बाख्रा देख्नु भएको छ ? के तपाईंलाई लाग्छ कि बाख्राले घाँस बाहेक मासु पनि खान्छ ? पक्कै पनि तपाईंले यस्तो कुरा देख्नु भएको छैन ।

तर हालै भाइरल भइरहेको एक भिडियोले तपाईंलाई अचम्ममा पार्नेछ । बाख्राले माछा खाइरहेको एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

भिडियोमा एउटा बाख्रा टोकरीबाट माछा चपाउँदै गरेको देख्न सकिन्छ । भिडियो हेरेपछि मानिसहरुलाई यो कुरा विश्वास गर्न गाह्रो भइरहेको छ । मांसाहारी बाख्राले सबैलाई चकित बनाएको छ ।

बाख्रा सामान्यतया घाँस, पात वा अन्न खान्छ । तर भिडियोमा देखिएको बाख्रा माछा खाइरहेको छ । मानिसहरु अचम्ममा परेका छन् । बाख्राले माछा खाइरहेको भिडियो इन्स्टाग्राम र ट्विटर लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर हुँदैछ ।

जब कुनै पनि जनावरले केहि असामान्य व्यवहार गर्छ, मानिसहरु त्यसलाई हेर्न चाहन्छन् । त्यसैले यस्ता भिडियोहरु समय समयमा भाइरल भइरहेका हुन्छन् । भिडियो हेर्नुहोस्

Goat eating fish pic.twitter.com/o85jmNR3DY

— UncleRandom (@Random_Uncle_UK) August 29, 2021

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार