२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

इतिहासमा आज: नेपाली राजपरिवार सखाप भएको दिन मात्र हैन विश्वभर भएका छन् अद्भूत घटना

काठमाडौं । आज (जुन १) नेपालमा लागि मात्रै नभएर विश्वमा नै विशेष दिन हो ।सन् २००१ मा आजकै दिन नेपालका युवराज दीपेन्द्र शाहले आफ्नो राजपरिवारका नौ सदस्यको गोली हानी हत्या गर्नुभएको थियो ।

मृत्यु हुनेमा दीपेन्द्रका बुवा राजा वीरेन्द्र, आमा रानी ऐश्वर्या र शाही परिवारका अन्य ७ सदस्य हुनुहुन्थ्यो । परिवारका सदस्यको हत्यापछि दीपेन्द्रले आफैलाई पनि गोली हानेका थिए ।

१ जुनको रात दरबारमा भोज आयोजना गरिएको थियो, जसमा केही चुनिएका पाहुनाहरू मात्रै उपस्थित हुनु भएको थियो । यसैबीच मदिरा सेवन गर्नुभएका राजकुमार दीपेन्द्र कोठाबाट बाहिर आउनुभयो । उहाँले भोजमा आएका पाहुनासँग झगडा गर्न थाल्नुभयो । परिवारका सदस्यले हस्तक्षेप गरेर दीपेन्द्रलाई कोठामा पठाए ।परिवारका सदस्यहरूले दीपेन्द्र कोठामा गएर शान्त हुने सोचेको थियो । तर अर्को क्षणमा दीपेन्द्र आफूसँग भएको ३ वटा बन्दुक लिएर कोठाबाट बाहिर आउनुभयो ।

कसैले सोच्न नपाउँदै दीपेन्द्रले बन्दुकले अन्धाधुन्ध गोली चलाउन थाल्नुभयो । केही मिनेटमै उहाँले आफ्नै परिवारका ९ जनाको ज्यान लिनुभयो । हत्याकाण्डपछि दीपेन्द्रले आफूलाई पनि गोली हान्नु भएको थियो । यो निर्मम हत्यापछि दीपेन्द्र तीन दिनसम्म कोमामा हुनुहुन्थ्यो । अन्ततः ४ जुनमा उहाँको मृत्यु भयो ।

मनपर्ने केटीसँग बिहे गर्न नदिएको भन्दै गोली चल्यो
राजकुमार दीपेन्द्रले बेलायतको इटन कलेजबाट अध्ययन गर्नुभएको थियो । त्यही क्रममा शमशेर जंगबहादुर राणाकी छोरी देवयानीसँग दीपेन्द्रको भेट भयो ।

भनिन्छ, बेलायतमा हुँदा दीपेन्द्र र देवयानी एकअर्काको प्रेममा पर्नुभयो । उहाँहरू विवाह गर्ने तयारीमा पनि हुनुहुन्थ्यो । तर राजपरिवार यस विवाहको पक्षमा थिएन् । दीपेन्द्रको विवाह शाही परिवारमा होस् भन्ने रानी (आमा) चाहनुहुन्थ्यो । परिवारसँग दीपेन्द्रले आफ्नो रोजाइको केटी (देवयानी)सँग विवाह गर्दिन आग्रह गर्नुभयो ।

छोराको कुरा सुनेर आमा क्रोधित हुनुभयो । उहाँले देवयानीसँगको विवाहलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो ।एकातिर विवाहलाई लिएर राजपरिवार र दीपेन्द्रबीचको दूरी बढ्दै गएको थियो, अर्कोतर्फ शाही परिवारसँग सम्बन्धित निर्णयमा दीपेन्द्रको सहभागिता पनि कम हुन थाल्यो । जसकारण परिवारभित्र दीपेन्द्रको असन्तुष्टि बढ्न थाल्यो, जसको नतिजा हत्याकाण्डमा परिणत भयो ।

थोमस अल्भा एडिसनले पहिलो पेटेन्ट पाए
महान वैज्ञानिक थोमस अल्भा एडिसनले १ जुन १८६९ मा विद्युतीय भोट रेकर्डरको पहिलो पेटेन्ट पाउनु भएको थियो । यो उहाँको वैज्ञानिक यात्राको पहिलो पेटेन्ट थियो ।

एडिसन त्यतिबेला २२ वर्षको हुनुहुन्थ्यो । केही समयअघि उहाँलाई टेलिग्राफ अपरेटरको जागिरबाट बर्खास्त गरिएको थियो । न्यूयोर्कको राज्य विधायक र वाशिंगटनको सिटी काउन्सिलको चुनावका लागि स्वचालित मतपत्र मेसिनहरू खोजिएको समाचार पत्रहरूमा पढ्दा एडिसन आफ्नो लागि केही काम खोज्दै हुनुहुन्थ्यो ।

त्यसपछि एडिसन काममा लाग्नुभयो । आज बिजुलीको बल्बको आविष्कारका लागि सारा संसारले उहाँलाई चिन्छ । तर एडिसन एक बहु–प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । फोनोग्राफ, क्यामेरा, टेलिफोनदेखि ब्याट्रीसम्ममा उहाँ मात्र हुनुहुन्छ । १८ अक्टोबर १९३१ मा उहाँको मृत्यु हुँदा एडिसनको नाममा १०९३ वटा पेटेन्ट दर्ता भैसकेको थियो ।

बलिउड अभिनेत्री नरगिसको जन्म
सन् १९२९ मा आजको दिन अभिनेत्री नरगिसको जन्म भएको थियो । मात्र ६ वर्षको उमेरमा उहाँले बाल कलाकारको रुपमा चलचित्रमा प्रवेश गर्नुभयो । ४० र ६० को दशकमा नर्गिसले अभिनेता राज कपूरसँग धेरै चलचित्रहरुमा काम गर्नुभएको थियो । सन् १९५७ मा आएको चलचित्र ‘मदर इन्डिया’ नर्गिसको चलचित्र यात्रामा कोसेढुङ्गा साबित भयो ।

यस चलचित्रका लागि उहाँलाई सर्वश्रेष्ठ अभिनेत्रीको फिल्मफेयर पुरस्कार पनि दिइयो । यस चलचित्रको छायांकनका ​​क्रममा अभिनेता सुनिल दत्तले नरगिसलाई आगोबाट बचाउनु भएको थियो । भनिन्छ, यो घटनापछि नरगिसले सुनिल दत्तलाई आफ्नो जीवनसाथीका रोज्नु भयो । बिहेपछि नरगिसले चलचित्रमा काम गर्न कम गर्नुभयो ।

सन् १९६७ मा ‘रात और दिन’का लागि उहाँलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । अभिनेत्रीलाई राष्ट्रिय पुरस्कार दिइएको यो पहिलो पटक हो । उहाँ राज्यसभा सांसद पनि बन्नुभयो । भारत सरकारले उहाँलाई पद्मश्री पुरस्कारले सम्मान गरेको थियो । क्यान्सरका कारण ३ मे १९८१ मा नरगिसको निधन भयो ।

मर्लिन मुनरोको जन्म
सन् १९२६ मा आजको दिन लिउड अभिनेत्री मर्लिन मुनरोको जन्म भएको थियो । अनाथालयमा हुर्किनु भएकी मर्लिनले आफ्नो छिमेकी जेम्स डगर्टीसँग विवाह गर्नुभयो । तर सम्बन्ध लामो समय टिक्न सकेन्, दुई जना छुट्टिए ।त्यसपछि मर्लिनले क्यालिफोर्नियाको एउटा कारखानामा काम गर्न थाल्नुभयो । त्यतिबेला फोटोग्राफर डेभिड कोनोभरले कारखानामा काम गर्ने महिलाको काम देखाउन केही तस्विर कैद गरिरहनु भएको थियो । त्यसबीच उहाँ मर्लिनको सौन्दर्यबाट धेरै प्रभावित भएर धेरै तस्विरहरूमा मर्लिनको अनुहार प्रयोग गर्नुभयो ।

यहाँबाट मर्लिनले पहिलो ठूलो काम पाउनुभयो । त्यसपछि मर्लिनले पछाडि फर्केर हेर्नु परेन् । तर मर्लिनको वैवाहिक जीवन खासै सफल रहेन् । उहाँले ३ वटा विवाह गर्नुभयो तर तीनवटै असफल थिए । मुनरो केवल ३६ वर्षको उमेरमा सुत्ने कोठामा मृत फेला पर्नुभएको थियो । उहाँको मृत्युको कारण बारे विभिन्न अड्कलहरू लगाउने गरिएको छ । धेरैले उहाँको मृत्युको कारण लागुऔषधको ओभरडोजलाई मानेका छन् । अर्काथरी मान्छेहरू हत्या वा आत्महत्या भएको कुरामा विश्वास गर्छन् ।

विश्वको इतिहासमा जुन १ मा घटेका अन्य महत्त्वपूर्ण घटनाहरू

  • २०१७–पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकाल्नुभयो ।
    २००९–एयर फ्रान्सको विमान एट्लान्टिक महासागरमा दुर्घटनाग्रस्त भयो । विमानमा सवार सबै २२८ यात्रुको मृत्यु भयो ।
    २००८– राजस्थान रोयल्सले आईपीएलको पहिलो संस्करणको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्यो।
    १९९६–एचडी देवगौडा भारतको प्रधानमन्त्री बन्नुभयो ।
    १९८०– सीएनएनले आजको दिनदेखि २४ घण्टा समाचार प्रसारण गर्न थाल्यो।
    १९३०–डेक्कन क्वीन, भारतको पहिलो डिलक्स ट्रेन, बम्बई भी टी र पुणे बीच सूचारू गरियो ।
    १९५५–भारतमा छुवाछुत निवारण ऐन लागू भयो ।
    १८९७–स्वामी विवेकानन्दले रामकृष्ण मिशनको स्थापना गर्नुभयो ।
  • २०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 246 Views

    यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    ताजा समाचार