२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

फेरी बज्यो खतराको घन्टी भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

एजेन्सी । भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ ।

तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ ।

पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ । भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन् ।

बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो । यो संख्या २५ जनवरीपछिकै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन् ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार