२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

नुहाउने वित्तिकै नगर्नुहोस् यी ५ ग’ ल्ती,नत्र जरा कमजोर भएर देखिनसक्छ यस्तो सम’ स्या ?

दिनभर हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ। केही गल्ती यस्ता जस जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि गर्ने गर्छन्। हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ। त्यो बेला हामीले केही गल्ती गर्यौ भने हाम्रो टुक्रिने तथा कपाल झर्ने समस्या बढ्न थाल्दछ।

लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ।आज हामीले नुहाएपछि गरिने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।मालिस गर्नु: चिसो कपाललाई मालिस गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसका कारण कपाल झर्न थाल्दछ। त्यसैले नुहाउने वित्तिकै चिसो कपाल कहिलै पनि मालिस नगर्नुहोस्।

कपाल कोर्नु: नुहाउने वित्तिकै चिसो कपाल नकोर्नुहोस्। चिसो कपालको जरा कमजोर हुने हुँदा कोर्दा झर्ने र टुक्रने समस्या बढ्न थाल्दछ। हेयर स्टाइलिङ मेसिनको प्रयोग: कपाल नुहाउने वित्तिकै ड्राइ वा स्ट्रेट मेसिनको आवश्यक भन्दा बढी प्रयोग गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसकारण कपाल झर्ने र हाँगा आउने समस्या देखिन थाल्दछ।

कपाल बाँधनु: नुहाउने वित्तिकै चिसो कपाल नबाँधनुहोस्। जसका कारण इन्फेक्सन वा चायाँको समस्या बढ्छ र कपाल झर्ने समस्या देखिन थाल्दछ। तुरुन्त बाहिर निस्किनु: कपाल नुहाउने वित्तिकै चिसो कपिाल लिएर बाहिर ननिस्किनुहोस्। चिसो कपालमा धुँलो कपालमा जम्छ र त्यसले चायाँ तथा इन्फेक्सनको समस्या समस्या देखिन थाल्छ। जसका कारण कपाल झर्न सुरु हुने गर्दछ।

यो पनि,स्वस्थ रहन सादा पानी उत्तम, यस्तो छ रहस्य,पानी नै औषधि हो। पानी रोगहरूको शत्रु हो। पानीले रोग नाश गर्दछ। पानी हाम्रो शरीरका लागि अति आवश्यक घटक हो। हाम्रो शरीरमा ५० देखि ७० प्रतिशत भाग पानी हुन्छ। शरीरभित्रका हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ। त्यसैले हाम्रो स्वास्थ्य र पानीको गहिरो सम्बन्ध छ। जसरी पृथ्वीमा उम्रेका बोटविरुवा, वनस्पति आदि पानी नपाउँदा ओइलाउन थाल्छन्। त्यसैगरी हाम्रो शरीरमा पनि पानीको कमी हुँदा विभिन्न समस्या आउँछ। त्यसैले पानी नियमित पिउनु पर्छ।

पानी: पानी हाइड्रोजन २ भाग र अक्सिजन एक भाग मिलेर बनेको तरल पदार्थ हो। पानी विना जिउन गाह्रो हुन्छ। हामीलाई सरसफाइ गर्न, खान, पिउन, र लुगा धुन पानी चाहिन्छ। पानीले शरीरलाई शीतल गराउँछ। शरीरलाई स्वस्थ र ऊर्जाशील बनाउँछ। पानीले शरीरमा आउने स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ। शरीरलाई शीतल बनाउन र पुनः जागृत गराउन पानी आवश्यक पर्छ। अचेल मानिस पानीको सट्टा अरू तरल पदार्थहरू चिया, कफी, चिसो पेय पिउने गर्छन्। पानीको कमी अरू तरल पदार्थले पूरा गर्न सक्दैन। सादा पानी अमृत समान हुन्छ।

पानी किन ? पाचन प्रक्रियालाई सहज रूपले अघि बढाउन पानी आवश्यक पर्छ। पौष्टिक तत्व र अक्सिजनलाई शरीरका सबै कोषमा पु¥याउन पानीले मदत गर्छ। शरीरको तापक्रम अर्थात् रक्तचापलाई शरीरको नियमानुसार सन्तुलन राख्न मदत गर्छ। सम्पूर्ण प्रणालीको काम भएपछि शरीरमा रहेका हानिकारक तत्वहरू र फोहरलाई बाहिर फाल्न मदत गर्छ। त्यसैले शरीर सञ्चालनका लागि चाहिने पानी ठिक समय र ठिक तरीकाले पिउनु पर्छ। पानीको कमीले शरीरमा धेरै समस्या आउँछ। हाम्रो शरीर हरेक क्षण हामीसँग बोलिरहेको हुन्छ। तर हामीले शरीरको संकेतलाई ध्यान दिइरहेका हुँदैनौं। शरीरमा पानीको कमी भएमा पनि शरीरले हामीलाई संकेत गर्छ।

पानी कमी हुँदा शरीरले दिन संकेतहरू: शरीरमा पानीको कमीले टाउको दुख्ने, कब्जियत हुने, शरीर गल्ने, अरुचि हुने, निन्द्रा नलाग्ने, मांसपेसी बाउँडिने लगायतका समस्या उत्पन्न हुन्छ। टाउको दुख्नु: टाउको दुख्नु भनेको शरीरले पानी कमी भयो भनेर संकेत गर्नु हो। तर हामी हाम्रो शरीरको भाषा नबुझी चाहिने नचाहिने औषधि सेवन गर्छौ। टाउको दुख्दा पानी ठिक तरिकाले पिउनुपर्छ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 0 Minutes 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार