२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

विश्वका १५ देशमा फैलियो मंकीपक्स संक्र`मण, सजग हुनुपर्छ डराउनु पर्दैन

लन्डन। पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ।पछिल्लो समय अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो। योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ।

देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन्। इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ। मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ।

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ। युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन्। अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ। तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन्।

यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ। मानिस तथा जनाबरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार