२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

के से’ क्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?

काठमाडौं । हालै भएको एक अध्ययनले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट अर्थात् आकस्मिक ह्रदयघात हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढि हुने देखाएको छ ।तर यस्तो समस्या कहिलेकाँकी मात्रै हुने गरेको छ । अमेरिकाको सीडर सायनाय मुटु संस्थानका डाक्टर सुमीत चुघले ४५५७ वटा ह्रदयघात सम्बन्धी घटनाको अनुसन्धान गर्नुभएको थियो ।

यो अनुशन्धानको निकर्ष सही रहेको नेपाली ह्दयरोग विशेषज्ञ डा. ओममुर्ती अनिलकोपनि भनाई छ ।त्यसमा ३४ जनामा सेक्सको समयमा वा त्यसको एक घण्टाभित्र ह्रदयघात पाइयो । डरलाग्दो पक्ष के हो भने ३४ जनामा महिला २ जना मात्रै थिए ।

सीपीआर दिन सबैले जान्नु पर्छ
अध्ययनमा के कुरा पनि थाहा भयो, भने एकतिहाई बिरामीलाई सीपीआर दिइयो ।डा. चुघका अनुसार यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाहा भएको भए ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो, त्यसले सबैले सीपीआर सिक्न जरुरी छ ।

तपाईंलाई जानकारी गराउ कि सीपीआर आपत्तकालमा दिइने एक प्राथमिक उपचार हो, जसमा छातीमा जोडले पटकपटक थिच्ने गरिन्छ । उहाँका अनुसार सेक्स र आकस्मिक ह्रदयघातको जाँचसम्बन्धी यो नै पहिलो अनुसन्धान हो ।

उहाँले आफ्नो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसियशनको कन्फ्रेन्समा समेत प्रस्तुत गर्नुभएको थियो । कार्डियाक अरेष्ट हर्ट एट्याक होइन । डा. चुघका अनुसार कार्डियाक अरेष्ट र हर्ट एट्याक फरक कुराहरु हुन् ।

हर्ट एट्याक त्यतिबेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै सडन कार्डियाक अरेष्टमा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ । यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रश्वास पनि बन्द हुन्छ । त्यतिबेला तत्काल सही उपचार पाएन् भने बिरामीको ज्यानै समेत जान सक्छ ।

कार्डियाक अरेष्टसँग जोडिएको केही तथ्यहरु
अस्पतालभन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत बिरामीलाई बचाउन सकिँदैन । तत्काल सीपीआर नपाउँदा पनि बिरामीको बाँच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ । यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने बिरामीको बाच्ने सम्भावना दुईदेखि तीन गुणाले बढ्छ ।

सीपीआरको समयमा छातिमा एक मिनेटका सयदेखि १२० पटकसम्म दबाब दिनुपर्छ, यसलाई सम्झनाको लागि अमेरिकाको म्युजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइभको सुन्न सल्लाह दिइन्छ ।

पहिलेदेखि नै विरामी थिए धेरै व्यक्तिहरु
डा. चुघ र उहाँका सहयोगीहरुले पोल्याण्डमा सन् २००२ देखि २०१५ सम्म वयस्कहरुमा आउने सडन कार्डियाक अरेष्टसँग सम्बन्धित घटनाको अनुसन्धान गरे, जसमा एक प्रतिशतभन्दा कम बिरामीमा कारण सेक्स थियो ।ती मध्य अधिकांश घटना मध्यम उमेरका अफ्रीकी अमेरिकी व्यक्तिमा थियो, जो पहिले देखि नै मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । एजेन्सी

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 563 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार