२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

डब्ल्यूएचओद्वारा मङ्कीफक्स विश्वब्यापी संकट घोषित, विश्वभर ३५०० जनामा मङ्कीफक्स संक्रमण !

विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो रोगलाई महामारी घोषणा गरेको छ।

व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो ।

कुनै राेगकाे सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रूपमै ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ। अहिले ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ।

यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रुत रूपमा फैलिरहेको संगठनले जनाएको छ।मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

यो भाइरसका कारण मानिसको मृत्यु नै नहुने भएपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार