२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

रायोको साग खान जान्नुभयो भने क्या”न्स”र, वा”थ रो”ग, पत्थरी जस्ता दर्जनौँ रो’ग चट

काठमाडौ । विश्वभरी नै जहाँ तही उत्पादन गर्न सकिने तरकारी हो रायोको साग । नेपालमा यो बाह्रैमास उम्रिन सक्छ ।राम्रो उत्पादनपनि हुन्छ । रायोको साग मन नपर्ने कमै हुन्छन् । किनकी यो खानमापनि निक्कै स्वादिलो हुन्छ ।

रायोको साग स्वादका लागि मात्र हैन जीवन बुटीको रुपमापनि खान सक्नुहुनेछ ।यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ ।

तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ ।रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वाकवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ ।

निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ ।

बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ ।पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ ।रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ ।

मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ ।यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ ।रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ । आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो ।

यसले रतन्धोलगायत आँखामा हुने समस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ ।रायोको सागमा ‘भिटामिन-के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ । हड्डी खिइने समस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ ।

रायोको सागमा भिटामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रोटिन, म्याग्नेसियम, इइरन, फस्फोरस, प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्व हुने गर्छ । जसले शरिरलाई पूर्ण रुपमा स्वास्थ राख्नका लागि मद्दत पुर्याउँछ ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार