
ठमाडौं ।
वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीलविभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ । ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
जनार्दन शर्मा निर्दोष, फेरि अर्थमन्त्री हुने पक्का, पर्दाफास भए सबै षड्यन्त्र…
स्वार्थ समूहका माग पूरा नगरिदिएपछि जनार्दन शर्माले अर्थ मन्त्री पद गुमाउनु परेको छ। कान्तिपुर दैनिक र अन्नपूर्ण पोस्ट दैनिक एकले अर्कालाई दुश्मनका रुपमा लिन्छन्। कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया र अन्नपूर्ण पोस्ट दैनिकका मालिक रामेश्वर थापा कहिल्यै पनि मिल्दैनन्।
सिरोहिया र थापाबीच औपचारिक बाहेक कुनै सम्बन्ध छैन भनेर टिकाटिप्पणी हुने गरेको छ। सिरोहियाले थापालाई कान्तिपुरमा भित्र्याएर पछि लात हानेर तीनकुनेबाट निकालेका थिए। त्यसको बदलामा थापाले अन्नपूर्ण पोस्ट दैनिक भारतीय कम्पनीसँग किनेका थिए। कान्तिपुर टिभीलाई टक्कर दिन एपी वान टेलिभिजन थापाले ल्याएका थिए।
स्वार्थका लागि पहिलो पटक सिरोहिया र थापाले अर्थमन्त्री शर्माविरुद्ध मिलेर जेहाद छेडेका थिए। कान्तिपुरले पाउन नसकेको सूचना अन्नपूर्ण पोस्ट दैनिकले सार्वजनिक गरेपछि कान्तिपुरको औकात देखिएको थियो। स्वार्थका लागि कान्तिपुर दैनिकले अन्नपूर्ण पोस्ट दैनिकको समाचारलाई पछ्याएर शर्माविरुद्ध समाचार लेखेर हैरान बनाए। धेरै विरोध भएपछि बाध्य भएर शर्माले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो।
कान्तिपुरका मालिक सिरोहिया र अन्नपूर्ण पोस्ट दैनिकका मालिक थापाको धन्दाहरू के–के छन्? शर्मालाई थाहा नहुने कुरै भएन। उनीहरूको आयकर छुटसहितका विभिन्न नाजायज मागहरू पूरा नगरेको झोँकमा सिरोहिया र थापाले शर्माविरुद्ध समाचार लेखेर बदनाम गरेका हुन्। शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिए। तर, त्यही अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राजीनामा दिएनन् । बरु कान्तिपुर र अन्नपूर्णलाई साथ दिँदै सचिव मरासिनी बिदामा बसे।
के गल्ती शर्माको मात्रै थियो? मरासिनीको दोष दिएन? अर्थ मन्त्रालयको गोप्य कुराहरू पत्रकारलाई दिएर आफ्नो स्वार्थ पूरा गर्ने सचिव मरासिनी पनि दोषी छन्। सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडेर विभिन्न समाचार लेखाएको आरोप पनि छ। सचिव मरासिनीलाई पनि कानूनअनुसार पाता कसेर कारबाही गर्नुपर्छ।
सरकारी कर्मचारी भएर मन्त्रीलाई समस्या परेका बेला भाग्ने मरासिनी भगौडा कर्मचारी हुन्। मरासिनीलाई पनि सरकारले कारबाही गर्नुपर्छ। संसदीय छानविन समितिले मरासिनीलाई पनि कारबाहीको दायरामा राख्नुपर्छ। विदा बस्ने र मन्त्रीको राजीनामा हुनेवित्तिकै काममा फर्किने सचिव मरासिनीको हर्कतले राजनीतिलाई ठूलो चुनौति दिएको छ।
मन्त्री शर्मासँग कुरा मिल्दासम्म सँगै काम गर्ने, आएको कुरा बाँडेर खाने, स्वार्थ बाझिएपछि असहयोग गरेर बीच बाटोमा भाग्ने मरासिनीको हर्कत उचित छैन। कान्तिपुर र अन्नपूर्णले करको दायरामा चलखेल गरेको भनेर आरोप लगाए ।
चौधरी ग्रुपको नाम जोडे। तर, शर्मालाई मात्रै यो विषयमा समाचार लेखे। त्यो अवस्था सिर्जना गर्ने व्यापारिक घरानाका विषयमा कुनै कुरा लेखेन्। चौधरी ग्रुप वा अन्य व्यापारिक घरानाका विषयमा समाचार लेख्नेवित्तिकै कान्तिपुर र अन्नपूर्ण दैनिकको व्यापार चौपट हुने थियो।कान्तिपुर दैनिकका मालिकले चन्द्रागिरी केबलकारको समाचार लेखेपछि अचानक किन समाचार बीचमा लेख्न बन्द गरे? त्यो विषयमा पनि सबैलाई जानकारी छ।
अन्नपूर्ण पोस्ट दैनिकका मालिक थापाले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग के माग गरेका थिए? र कसरी सम्बन्ध विग्रियो पर्यटन मन्त्रालयका उच्च कर्मचारीहरूलाई राम्रोसँग जानकारी छ। आलेसँग कुरा नमिलेपछि थापाले अन्नपूर्ण पोस्ट दैनिकलाई दुरुपयोग गरेर आलेविरुद्ध के–के? गरेका थिए सबैलाई थाहा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्ति नवीन घिमिरेका छोरामार्फत अन्नपूर्णले मेगा बैंकलाई केसम्म गरेको थियो धेरैलाई थाहा नहुन सक्छ। अर्थ सचिव मरासिनी गैरजिम्मेवारी कर्मचारी हुन्। उनलाई शर्माको राजीनामा प्रकरणमा भएका सबै विषयमा स्पष्टीकरण सोध्नुपर्छ ल। सचिव मरासिनीलाई विगतमा बजेट आउँदा के–के हुन्थ्यो थाहा छैन? सबै कुरा जानकार छन्।
अर्थमन्त्री शर्माले यस पटक बजेट ल्याउँदा ढंग पुर्याउन सकेनन्। शर्माले ढंग पुर्याउन नसक्दा मरासिनी जस्ता सचिव र एमालेका भतुवा कर्मचारीहरूले अर्थ मन्त्री पद खाइदिएका छन्। विगतमा भरतमोहन अधिकारी, विष्णु पौडेल, डा.युवराज खतिवडाहरू पनि बजेटको सूचना चुहाएको र ठूला व्यापारिक घरानालाई फाइदा पुग्ने गरेर करको दायरा हेरफेर गरेको आरोप लागिसकेका छन्।
सचिव मरासिनी बिदामा बस्दा मन्त्रीलाई असहयोग गरेर अघोषित विद्रोह गरेका कर्मचारीलाई कारबाही गर्नुपर्छ।राजश्वसचिव कृष्णहरि पुष्कर, सह–सचिवहरू केदारनाथ शर्मा, भूपाल बराल, रमेशकुमार केसी, चक्रबहादुर बुढा,महेश आचार्य, राजेश्वर ज्ञवाली, ईश्वरीप्रसाद अर्याल, अर्जुनकुमार खड्का, बाबुराम सुवेदीलाई पनि छाननिवमा तान्नुपर्छ। उनीहरू पनि भाग्न मिल्दैन। अर्थसचिव मरासिनीसहितका अर्थ मन्त्रालयका सह–सचिवहरूले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकारलाई असहयोग गरेका छन्। उनीहरूलाई कारबाहीको दायरामा ल्याउनै पर्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।