२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

जापानले माग्यो नेपाली कामदार, मासिक तलब कति ? कति लाग्छ जान ?

जापानले नेपाली कामदारको माग गरेको छ । बकष्ब अचभबतष्यल अययउभचबतष्यल कम्पनीले २ जना पुरुष कामदार माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ भने कामदारले तलब एक लाख ७० हजार बढि पाउनेछन् । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ भने खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।हवाई टिकट, भिसा शुल्क निशुल्क हुने छ ।विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा आसार २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।करार अवधि ३ वर्षे रहेको छ ।

अन्य समाचार / काठमाडौँ, १३ असार । तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिर सडकछेउबाट सञ्चालनमा आएका छन् ।

विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्कबीचको मुख्य सडकछेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुक्षेत्रबाट चल्ने गरेका छन् ।

गोङ्गबुचोकदेखि बालाजुचोकसम्मको दुई किलोमिटरको दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन नभई बाहिर सडक छेउबाट सञ्चालन हुँदै आएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन् ।

यस्तै जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा विसं २०५६ मा स्थापना भएको नयाँ बसपार्कमा ८०० सार्वजनिक सवारीसाधन अट्न मिल्ने पार्किङ भए पनि हाल दैनिक ३०० सवारी साधनमात्र आवतजावत र पार्किङ हुँदै आएको छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनिका अध्यक्ष योगेन्द्र केसी नयाँ बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा यात्रुलाई बस चढ्न तथा ओर्लन सहज भएको बताउछन् । “राज्यले नीतिगतरुपमा सबै सवारी साधनलाई नयाँ बसपार्कभित्र जान अनिवार्य गरे आफ्ना कम्पनीका सवारी साधनलाई नयाँ बसपार्कभित्र जान कुनै समस्या छैन”, उनी भन्छन् ।

बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा कतिपय यात्रु ठगिने गरेको गुनासो आफ्नो कम्पनीमा आउने गरेको उनको भनाइ छ । काठमाडौँबाट हाल पृथ्वीराजमार्ग भएर ६०० सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नुवाकोट, रसुवालगायतका जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालीका अध्यक्ष कुलबहादुर खड्गी माइक्रोबस र ठूला बस एकै ठाउँबाट सञ्चालन नगर्दा आफूहरू सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गर्छन् ।

“माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमा यात्रा गर्ने यात्रुलाई समेत माइक्रो बसले ओसार्न थालेपछि हामी पनि माछापोखरीमा बस ल्याएर चलाउन बाध्य भएका हौँ”, उनी भन्छन् । बस र माइक्रो बसलाई छुट्ने स्टेसन एउटै बनाउनुपर्ने उनको भनाइ छ ।

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 8146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार