२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा प्रकाशित गरेको हो ।

स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको सूचनामा उल्लेख छ । त्रिविले २०७७ सालको ३ बर्षे बीए दोस्रो बर्षको नतिजा प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर 33624 मा एसएमएस पठाउनु पर्नेछ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट https://tuexam.edu.np/ मा गएर पनि नतिजा हेर्न सकिने छ ।

नौ वर्षमा पनि बनेन पुल
मङ्गलबारे : निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुनसकेको छैन ।

विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलङ्गे पुल छ ।

स्थानीयवासीले सोही झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ ।

इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।

पटक–पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताउनुभयो । उहाँले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि २०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । नेशनल निलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।

उक्त कार्यालयले रु पाँच करोड ८५ लाखमा ठेक्का लगाएको सो काम निलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो ।

अर्का स्थानीयवासी टीकानाथ ढुङ्गानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताउनुभयो । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उहाँले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरुले चासो बढाउने बताउनुभयो ।

निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरुले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताउनुभयो । उहाँले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताउनुभयो । इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ ।केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ ।

काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो ।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ ।

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 1 Minute 573 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार