२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

अब बियरको मूल्य छोइनसक्नु, रक्सीमा प्रतिलिटर यतिधेरै कर

काठमाडौं । सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क र भन्सार दर अत्याधिक बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँसम्म अन्तशुल्क लाग्ने व्यवस्था भएको छ ।

आगामी आर्थिक वर्ष २०७९ / ८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिंक्सको अन्तशुल्क प्रतिलिटर ३६ बाट ५० रुपैयाँ बनाएको हो । त्यसैगरी जौबाट बनेको वियरमा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँबाट २२८ रुपैयाँ पुर्याइएको छ ।

अन्डिनेर्यड इथाय अल्कोहलमा अन्तशुल्क प्रतिलिटर ७० बाट ८०, एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६ बाट ८६, एनहाइड्रस इथानलमा ९ बाट १२ र वाइनमा १९८ बाट २२८ रुपैयाँ पुर्याएको आर्थिक विधेयकमा उल्लेख छ ।

४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १५९२ रुपैयाँबाट १७५० रुपैयाँ बनाएको छ । ४२.८ प्रतिशत अल्कोहल भएको हकमा ११८८ रुपैयाँबाट बढाएर १३०६ रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ११०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ कामय गरिएको छ । २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख छ । विभिन्न मदिराजन्य पदर्थको भन्सार दर पनि बढाएको छ ।

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 0 Minutes 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार