२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

राष्ट्र बैंकको सर्वेक्षण नेपालीले धान्न नसक्ने हुन्छ मूल्यवृद्धि तीन महिनामा यति धेरै प्रतिशत बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीले धान्न नसक्नेगरी मूल्यवृद्धि हुने चेतवानी दिएको छ ।आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने राष्ट्र बैंकले तथ्य सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो ।

सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने देखिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

सर्वेक्षण अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन् ।सर्वेक्षणमा सहागीहरुले निकट अवधिमा मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही अवधिपछि भने घट्ने अपेक्षा गरेका छन्।

सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् ।

त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् ।

२० देखि २७ असार २०७७ मा राष्ट्र २८ सहरका ३१ बजार क्षेत्रका ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा बढेको छ ,’ सर्वेक्षणमा भनिएको छ ।

त्यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश भने घटेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार