२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

सुनको भाउ साढे १२ हजार घट्यो

काठमाडौँ — सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ४ महिनामा प्रतितोला साढे १२ हजार रुपैयाँ घटेको छ । बिहीबार सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा १ हजार रुपैयाँले मूल्य घटेको हो ।

२०७८ फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ४ महिनाअघि प्रतिऔंस २०५० डलरसम्म पुगेको सुनको मूल्य अहिले १६९० हाराहारीमा झरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेसँगै सुनको भाउ बढेको थियो । चाँदीको मूल्य पनि क्रमिक रुपमा ओरालो लागेको छ । बिहीबार प्रतितोला ११५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारको तुलनामा यो १० रुपैयाँ सस्तो हो । गत फागुन २५ गते चाँदी प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 470 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार