२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

महँगी बढिरहेका बेला बजेटमा शिक्षक, कर्मचारीको तलब के हुन्छ ? – यसो भन्छ अर्थ मन्त्रालय

काठमाडौ । महँगी निकै बढेको छ । इन्धन, खाद्यन्न, तेल लगायत अत्यावश्यक बस्तुमा समेत अत्याधिक महँगी बढेको छ ।

यस्तो बेला बजेट आउँन लागेको छ । यो बेला सरकारले शिक्षक, कर्मचारीको तलब बढाउँछ या के गर्छ ?

सबैको चासोको विषय बनेको छ । यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण वर्तमान सरकारसँग कर्मचारीले अपेक्षा राखेका छन् ।

यही बजेटको समयमा प्रदेश सभा र संघीय प्रतिनिधि सभाको चुनाव हुँदैछ । चुनावमा कर्मचारी आफ्नो पक्षमा ल्याउनपनि तलब र सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने दवावमा सरकार छ । तर अर्थतन्त्र एकदम कमजोर बनेको छ ।

यही बेला सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो ।

मन्त्रालयका अनुसार दुई हजार रुपैयाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध टे«ड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपैयाँसम्म तलब बढाउन आग्रह गरेका थिए ।

तलब बढाउने सम्बन्धमा टे«ड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको थियो ।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ ।

भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने हुँदा तलब बढाउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।

यसैगरी बृद्धभत्तापनि बढाउने सरकारको तयारी छ । बृद्धभत्ता प्रमुख प्रतिपक्ष दल (एमाले) ले चुनावी नारा नै बनाएका कारण अब ६५ बर्षदेखि नै बृद्धभत्ता दिने र रकमपनि बढाउने सरकारको तयारी छ ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार