२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

Breaking : आज नेपालमा ह्वात्तै बढे कोरोना संक्रम्नित

पछिल्ला दिनमा कोरोना संक्रमण बढ्न थालेको छ ।आज पनि नेपालमा आज ह्वात्तै कोरोना संक्रम्नित बढेका छन् । पछिल्लो २४ घन्टामा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट १६१ र एन्टिजेन परीक्षणबाट ८६ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा १६४४ पीसीआर र २०७४ एन्टिजेन गरी ३७१८ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

४८ जना कोरोनामुक्त हुँदा कोरोनाबाट कसैको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये १२४९ जना होमआइसोलेसनमा रहँदा ३५ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।१४ जनाको आइसीयूमा राखी उपचार भइरहेको छ ।

आइसीयूमा रहेका १४ मध्ये १ जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उता अमेरिकाले दिएको १० लाखभन्दा बढी डोज फाइजर खोप काठमाडौं आइपुगेको छ। कोभिड महामारीबाट नेपाली बालबालिकालाई जोगाउने उद्देश्यले फाइजर खोपको थप १० लाख ८ हजार डोज बिहीबार काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ।

‘हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौं किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। र हामी सबै एकजुट भएर लाग्यौं भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ,’ अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिंकेनले ग्लोबल एक्सन मिटिङमा भनेका छन्।

अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।

२०७९ असार ३१, शुक्रबार प्रकाशित 0 Minutes 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार