२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । नेपालमा एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

अघिल्लो वर्षको तुलनामा यो वर्ष १ खर्ब ५३ अर्बले बढ्यो बेरुजु

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ हो ।

अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । जुन यो वर्ष बढेर पुगेको हो । गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोडमा फस्र्यौट तथा समायोजन गरिएको ५० अर्ब २९ करोड घटाइ यो वर्ष भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी छ ।

लेखापरिक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ खर्ब २० अर्ब करोड असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरिक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

सोमध्ये ३ हजार २८७ संघीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरिक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु छ । यस्तै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरिक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु देखिएको छ ।

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार