२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंकले मुद्दती निक्षेपमा १८ प्रतिशत ब्याज दिन थाल्यो, कल एकाउन्टमै एनसीसीको ब्याज १५ प्रतिशत !

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत मुद्दती निक्षेपमा १८ प्रतिशत ब्याज दिएको पाइएको छ । सिडि रेसियो नियामकीय निर्देशनविपरित जाने भएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले यस्तो महँगो ब्याजमा डिपोजिट लिएको हो ।

अर्थ सरोकारलाई प्राप्त नेपाल विवरणअनुसार नेपाल विद्युत प्राधिकारणको ७५ लाख डलर अर्थात झण्डै १ अर्व नेपाली रुपैयाँलाई बैंकले १८ प्रतिशत ब्याज तिरेर लिएको हो । यो ब्याज संस्थागत मुद्दती निक्षेपमा कुनै पनि बैंकले दिएको अहिलेसम्मकै उच्च ब्याज हो ।

प्राधिकरणको सो डिपोजिटका लागि कुल २३ बैंकले बिड गरेका थिए । जसमा राष्ट्रिय बाणिज्य बैंकले मुद्दती निक्षेपमा ५ प्रतिशत, हिमालयन बैंकले १२ प्रतिशत, एनआईसी एशिया बैंकले ६ प्रतिशत, कृषि बिकास बैंकले २ प्रतिशत, नेपाल बैंकले ३ प्रतिशत, प्रभु बैंकले ५. प्रतिशत, माछापुच्छ्रे बैंकले ११. प्रतिशत, सिभिल बैंकले ८ प्रतिशत, लक्ष्मी बैंकले ७. प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले १४ प्रतिशत, मेगा बैंकले ३ प्रतिशत, नेपाल एसबिआई बैंकले ५ प्रतिशत, कुमारीले ९ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकले २ प्रतिश, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १५ प्रतिशत एनसीसी बैंकले १५ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत, ग्लोबल आइएमइ बैंकले १३ प्रतिशत, सिद्धार्थ बैंकले १० प्रतिशत र सनराइज बैंकले १० प्रतिशत ब्याज दिनेगरी बिड भएको थियो । तर अहिलेसम्मकै उच्च ब्याज दिएर सेञ्चुरी कमर्सियल बैंकले सो डिपोजिट लिएको हो ।

यसो त मुद्दती खातामा मात्र होइन, कल एकाउन्टमै दिइने ब्याज पनि सार्है महँगो देखिएको छ । सोहि डिपोजिट कल एकाउन्टमा राख्दा एनसीसी बैंकले १५. प्रतिशतसम्म ब्याज दिन्छु भनेको छ। जवकि स्ट्याण्डर्ड चार्टड बैंकले सो डिपोजिटलाई कल एकाउन्टमा १ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने उल्लेख गरेको छ ।

अहिले राष्ट्र बैंकले कल एकाउन्टको रकम पनि डिपोजिटमै गणना गर्न दिने हुनाले पनि बैंकहरु महँगो मूल्यमा पैसा लगानी गर्न इच्छुक देखिएका हुन् ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार