२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

आउने भयो १ लाख ४ हजार मात्र पर्ने रोयल इन्फिल्डको नयाँ बाइक ‘हन्टर ३५०’

काठमाडौं : रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५० सीसी सेगमेन्टमा सो नयाँ बाइक कम्पनीको सबैभन्दा सानो र सस्तो बाइक हुने अनुमान गरिएको छ।

केहि समय अघि, रोयल इनफिल्ड हन्टर ३५० को पहिलो तस्बिर अनलाइनमा लीक भएको थियो । हन्टर ३५० रेट्रो-आधुनिक रोडस्टर जस्तो देखिन्छ । बाइकमा गोलाकार हेडल्याम्प र टियरड्रप आकारको इन्धन ट्याङ्की रहेको छ ।

पछाडि तर्फ, बाइकमा एकल-पीस सिट र पछाडीको भाग छोटो रहेको छ । हन्टर ३५० रोयल इन्फिल्डको जे-प्लेटफर्ममा आधारित रहेको बताइएको छ । रिपोर्ट अनुसार यो बाइक क्लासिक र मेटियर मोडलहरू भन्दा तौलमा हल्का हुने कुरा आएको छ।

मेटियर र क्लासिकमा प्रयोग गरिएको जे सिरिजको ३४९ सिसीको इन्जिन जडान हुने यसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ५–स्पिड गियरबक्स दिइएको छ ।

रोयल इन्फिल्डले ल्याउन लागेको मोडलहरु भन्दा यसलाई सबैभन्दा सस्तो मोडल मानिएको छ । कम्पनीले अगस्टमा रोयल इन्फिल्ड हन्टर ३५० को लुक र फिचरको साथै मूल्यको बारेमा जानकारी दिनेछ ।हन्टर ३५० भारतमा १ लाख ४ हजार भारुमा लन्च गर्ने अपेक्षा गरिएको छ । भारतीय बजारमा लन्च भएपछि लगत्तै यो नयाँ मोडल नेपाल भित्रिन सक्ने देखिन्छ ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार