२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

१५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध

आजदेखि १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।

भदौं १४ गतेसम्म लाग्ने मोटरसाइकलआयातमा थप कडाई गरिएको छ।यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो।

यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भए पनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो।सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार