अमेरिकामा भेटियो १ सय पाउण्डको दुर्लभ रंगिन माछा

रोचक खबर

अमेरिकाको ओरेगनमा समुन्द्री किनारामा १ सय पाउण्डको दुर्लभ प्रकारको विशाल रंगिन माछा फेला परेको छ । मुनफिसका रुपमा समेत चिनिने ओपाह नामको उक्त माछा ओरेगनको सनसेट बिचमा भेटिएको हो ।

साढे ३ फुट लामो उक्त माछा सिसाइड अक्वारियमले राखेको छ । माछाको पेटमा चाँदी रंगमाथि गुलावी रंग पोतिएको छ भने सेतो भागका थोपाहरु छन् । मुख र पखेटाहरु राता रहेका छन् भने ठूला आँखाहरु सुनौलो रंगले घेरिएका छन् ।दुर्भाग्यवश उक्त माछा जीवित भने भेटाउन सफल नभएको अधिकारीहरुले बताएका छन् ।

तर चराहरुले भेट्टाउनु अगाडि नै आफूहरुले भेटाएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । माछा अहिले ठूलो फ्रिजरमा स्टोर गरेर राखिएको छ ।एउटा भाग्यशाली विद्यालयको समुहले माछाको चिरफार र अध्ययनमा सहभागी हुने मौका पाउने भएको छ । अक्वारियमले उक्त माछाको प्रजातीका विभिन्न तथ्यांकहरु सकभर धेरै सार्वजनिक गर्ने बताएको छ ।

थप समाचार – साउदी अरेबियाले को-भि’ड १९ का वि’रुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । को-भि’ड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्र’तिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा को-भि’डको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्र’तिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

यहाँका आन्तरिक मा’मिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले को-भि’डका वि’रुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो ।साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्र’तिबन्ध फु’कुवा गरिने बताएको छ ।

यसअघि यहाँ क’डा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *