काठमाण्डौँमा फेरी देखियो यस्तो संकेत ! अब के हाेला ?

समाचार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७१९ जनामा कोरोना भाइरसको संक्र मण पुष्टि भएको छ ।काठमाडौंमा ५३१, ललितपुरमा १४७ र भक्तपुरमा ४१ जना कोरोना संक्र मित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

यसअघि काठमाडौँ उपत्यकामा हिजो सोमबार ४७४ जनामा संक्र मण पुष्टि भएको थियो ।मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्र मितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृ त्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।त्यस्तै पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा को रोना संक्र मण पुष्टि भएको छ ।

सोही अवधिमा २५ जनाले ज्या न गुमा एको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । सांकीतिक तस्विरः गुगल

याे पनि पढ्नुहाेस्ः
मेस्सी आधा तलबमा पाँच वर्ष बार्सिलोनामै बस्न तयार

लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन्। तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने हुन्छ।

जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए। आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ। नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए।

के गर्दैछ बार्सिलोना?

बार्सिलोनाले खेलाडीहरूलाई दिने कुल तलब घटाउन एन्टोनी ग्रिजम्यानलाई एट्लेको म्याड्रिडका साउल निगुयजसँग साट्न खोजिरहेको छ।

बार्सिलोनाले कम नाम चलेका तीन खेलाडीलाई बेचिसकेको छ। तथापि मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडीहरू बेच्नुपर्ने आवश्यकता छ। मेस्सी प्यारिस साँ जेर्माँ वा म्यान्चेस्टर सिटी वा अमेरिकाको मेजर लीग सकर खेल्न जान सक्ने चर्चा चलेको थियो।

मेस्सीले बार्सिलोनाका लागि खेल्दै सबैभन्दा बढी ६७२ गोल गरेका छन् भने १० ला लिगा, चार च्याम्पियन्स लीग र सात कोपा डेल रेज जिताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *