युवा संघका कार्यकर्ता बाँदर बनेर सडकमा उ’फ्रिएपछि….

समाचार

काठमाडौं । नेकपा एमालेको ओलीनि’कट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा वि’रोध प्र’दर्शनमा उ’त्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँ’दरको संज्ञा’ दिँदै मंगलबार युवा संघ वि’रोध प्र’दर्शनमा उत्रिएको हो ।

बाँदरको मु’कुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा वि’रोध प्र’दर्शन उत्रिएका छन् । सोमबार बालकुमारीको ह’नुमन्ते खोलाको किनारमा ओलीनि’कट युवा कार्यकर्ताले नेपालको पु’त्ला ज’लाएका थिए ।नेपाल स’मूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार वि’रोध प्र’दर्शन गर्दै आएको छ ।

उता प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्य’होर्ने बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्य’होर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।मृ’गौला सम्बन्धी स’मस्या देखिएपछि खनाल नयाँदिल्लीमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *