देउवाको सपथ ग्रहणमा माधव नेपाल उपस्थित

समाचार

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण समारोहमा सहभागी भएका छन् ।नेता नेपाल सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

एमालेको नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेकै कारण देउवालाई अदालतले संविधानको धारा ७६ (५) अनुसार बहुमत पुग्ने आधार पेस गरेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।सोही विषयलाई निर्वतमान प्रधानमन्त्री केपी ओलीले मंगलबार देशबासीका नाममा गरेको अन्तिम सम्बोधनमा कटाक्ष गरेका थिए ।

ओलीले आफ्नै पार्टीका २३ सांसदले विपक्षीको कोर्टमा गोल हानेको टिप्पणी गरेका छन् ।यद्यपि प्रतिपनिधिसभा पुर्नस्थापनासँगै अपहृत लोकतन्त्र लयमा फर्किएको भन्दै नेता नेपालले विपक्षी गठबन्धन छाड्ने र एमाले एकताका वातावरण बनाउने बताइसकेका छन् ।

नेपालसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, उच्च पदस्थ सरकारी कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अंगका प्रमुखहरु शीतलनिवास पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *