काठमाडौँ, चितवन र पोखरा जस्ता शहरी क्षेत्रमा डेल्टा भे’रियन्टको संक्रमण फैलिएको अनुमान

कोरोना अपडेट(कोभिड -१९)

नेपालमा पछिल्लो चौबीस घन्टामा थप १ हजार ८ सय ३१ जनामा को’रोना संक्रमण पुष्टि भएको छ। गत चौबीस घन्टामा ५ हजार ५ सय ३५ पीसीआर तथा ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षण भएको छ। चितवनमा पछिल्लो समयमा को’रोना संक्रमण दर बढ्दै गएको छ ।

लकडाउन खु’कुलो भएसँगै संक्रमणमा वृद्धि भएको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार असारको पहिलो हप्तामा दैनिक संक्रमितहरुको संख्यामा १०० भन्दा तल झ’र्ने गरेको चितवनमा असारको अन्तिम हप्ता बुधबार १३५ जना, बिहीबार १०० जना, शुक्रबार १०७ जना, शनिबार १११ जनामा देखिएको थियो ।

हरेक दिन संक्रमित थपिने दर पछिल्लो समयमा बढ्दै गएको हो ।शनिबार अस्पतालहरु ब’न्द हुने भएकोले आज आइतबार स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा ४२ जना संक्रमित थपिएका छन् ।सरकारले भरतपुरका निजी अस्पतालमा को’रोनाको निःशुल्क उपचार नगर्ने निर्देशन गरेपछि अहिले भरतपुर अस्पतालमा को’रोनाका ग’म्भीर बि’रामीहरुको संख्या बढेको छ ।

भरतपुर अस्पतालका को-भि’ड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा को’रोना संक्रमण लकडाउन खुकुलो भएपछि केही बढेको जानकारी दिए ।त्यस्तै चितवनमा को’रोना भाइरसको नयाँ प्र’जाति डेल्टा भेरियन्ट देखिएपछि थप संक्रमण बढेको छ ।

डा पौडेलले चितवनमा को’रोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएकोले पनि यो भाइरस बढी संक्रामक रहेको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय प्रयोगशाला टेकुमा हामीले चितवनबाट पठाएका स्या’म्पलहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।यो भेरियन्ट हालसालै पुष्टि भएको हो ।’

उनले काठमाडौँ, चितवन र पोखरा जस्ता शहरी क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेको बताए ।डा पौडेलले अहिले ग’म्भीर लक्षण देखिएपछि मात्र कोरोना परीक्षण गराउने भएकोले सतहमा आएको भन्दा चितवनमा व्यापकरुपमा को’रोना फैलिसकेको अनुमान गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *