काठमाडौ लैजाँदै गरेको जेब्रा झोला खोलेर हेर्दा… प्रहरी नै चकीत परे हेर्नुहोस

रोचक खबर

नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा लागु औष धअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । लागुऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । (रासस)

यो पनि पढ्नुहोस …घरमै आइसोलेसनमा बस्दा साँस फेर्न गाह्रो भए अक्सिजन बढाउने उपाय
काठमाडौ । नेपालमा अहिले कोरोनोको दोस्रो लहरको महामारीले समस्या पारेको छ । दिनहुँ संक्रमितको संख्या बढेको छ । पहिलो लहरको महामारीमा भन्दा यो पटकको कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो समस्या हो ।

कोरोना भाइरसको नयाँ भेरियन्टले स्वाँसप्रस्वास निकै समस्या आइरहेको बताइएको छ। कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत भइरहेका छन्। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? आउनुस् विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरौं।

विज्ञका अनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं।पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं।

स्वाँस प्रस्वासमा समस्या आएका बेला भुलेर पनि धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।

रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाइँ होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्।साँस फर्ने एक्सरसाइजहरु पनि गर्न जरुरी हुन्छ।

यस्तो बेला शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र एच टु ओ हो, ओ को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।दैनिकरुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।

अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुस्।खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।धेरै नै समस्या भएको खण्डमा डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *