बिनालाई अन्तिम पटक बुबासँग फोनगर्न मोबाईल दिने व्यक्ति मिडियामा (हेर्नुस भीडीयो)

समाचार

काठमाडौ । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् ।

असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।

तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।

उनका साथीहरुले यस्तो खबरले परिवारलाई चिन्ता दिलाएको भन्दै गुनासो गरेका छन् । अन्तिम पटक बुबालाई फोन गर्न दिने युवतीले तेसै ठाउको उनले देखेको दृश्य भनेकी छिन् तेस्तै कुराले उनको परिवार चिन्तित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *