सरकारी अस्पतालको आईसीयूभित्र माछा पौडी खेलेको देखेपछि सबै अचम्मित (हेर्नुस भिडीयोसहित)

समाचार

असार २५,पटना -भारतको बिहार राज्यको एक अस्पतालको आईसीयू मा माछा पौडी खेलिरहेको भेटेएपछि बि रामी अचम्ममा परेका छन् । पटना नालण्डा मेडिकल कलेज तथा अस्पतालमा आउने बिरामी त्यतिबेला छक्क परे जब उनीहरुले सघन उपचार कक्षमा माछा पौडी खेलिरहेको भेटे ।

विगत केही दिनदेखि अस्पताल वरिपरी र त्यो शहरका अन्य क्षेत्रमा भारी अविरल वर्षा भैरहेको छ । त्यही वर्षाका कारण अस्पतालभित्रै बाढीसँगै माछाहरु पसेको जनाइएको छ ।

सात माछाको समूह अस्पतालको सघान कक्ष (आईसीयू) मा पौडी खोलिरहेको भिडियोहरुमा देखाइएको छ । त्यो बाहेक अस्पतालको आकस्मिक कक्ष र सामान्य कक्षहरुमा पनि बाढी पसेको छ ।

अस्पतालको सबै वार्डहरु भुइँ तलामा रहेका कारण पनि प्रायः वर्षहरुमा त्यहाँ बाढी पस्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् । बाढी आएको पानी अस्पतालमा पस्ने त्यहाँको वषौंको समस्या रहे पनि सरकारले क्षति रोकथामको कुनै काम नगरेको भन्दै स्थानीयबासिन्दाले सरकारको आलोचना गरेका छन् ।

भारी वर्षाले अस्पतालको तयारीलाई उजागर गर्‍यो। कीराहरू र पानीमा साना माछाहरूसहित पौडिदै थिए । अस्पतालमा पानीको सतह घुँडा सम्म पुगेको थियो ।राजधानी बिहारमा अस्पतालको बाढी र आईसीयू भित्र पानीको पोखरी माछाले सरकारले प्रदान सुविधाको स्तरको बारेमा जानकारी दिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *