अमेरिका हिडेका नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दु’र्घटना, ७ नेपाली बेपत्ता

अन्तरास्ट्रिय

क्यारेबियन सागरमा डुंगा दु’र्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बे’पत्ता भएका छन् । विना भिसा गै’रकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका छि’पने हिडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दु’र्घटना भएपनि अहिलेमात्र सार्वजनिक भएको हो ।

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उ’द्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बे’पत्ता भएका छन् ।क्या’रेवियनकोस्टस्थित क’पुरगाडा जाने क्रममा गर्दा डुंगा दु’र्घटना भएको हो ।

डुंगा दु’र्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बे’पत्ता भएका हुन् ।सँगै बे’पत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम/ठेगाना खुलेको छैन ।

सम्पर्कमा आएका परिवारका सदस्यहरूका अनुसार चैत २३ गते पर्वतका दिनेश र म्याग्दीका प्रकाश विकसँगै अमेरिका जान भन्दै काठमाडौंबाट दुबई पुगेका थिए । दुबईमा केही दिन बसेर उनीहरूलाई ए’जेन्टले मस्को–जर्मनी–ब्राजिल हुँदै को’लम्बिया पुर्‍याएको देखिन्छ ।

दाङका जनकका अनुसार एन्जल र रेशम डिंगा मगर दाङबाट चैतको १७ गते दाङबाट काठमाडौं आएर दुबईका लागि उडेका थिए । अरूचाहिँ कसरी र कहिले कोलम्बिया पुगेका हुन् भन्नेबारे सूचना प्राप्त हुन सकेन ।काइँलो काका जनकका अनुसार एन्जललाई एजेन्टले करिब दुई महिना दुबईमै राखेका थिए ।

त्यहाँबाट एन्जल, दाङकै हेमराज अधिकारीसहित तीन जना युक्रेन हुँदै फ्रान्स र त्यहाँबाट को’लम्बिया पुगेको देखिन्छ । कोलम्बिया पुगेपछि हेमराज र एन्जललाई को’रोना संक्रमण पुष्टि भएकाले उनीहरू राजधानी बो’गोटाको एक होटलमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।

काका जनकका अनुसार सं’क्रमणमुक्त भएपछि उनीहरूलाई ए’जेन्टले राजधानी बो’गोटाबाट झन्डै साढे ४ सय किलोमिटरको टाढा रहेको मे’डलिन सहर पुर्‍याएको देखिन्छ । एन्जलले आफूहरूलाई मे’डलिन सहरमा प्रहरीले स’मातेको तर एजेन्टले छु’टाएर नि’कोक्लीको सहर पु’र्‍याएको बताएका थिए ।

अमेरिका पुर्‍याउने भन्दै मा’नव त’स्क’र’को सं’ग’ठि’त एजेन्टहरूले आठै नेपालीलाई प’छिल्लो दुई महिनादेखि को’लम्बियामा रो’केर राखेको थिए । को’लम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले औ’सतमा जनही ३० लाख आ’सपासमा खर्च गरेको देखिन्छ । जनकका अनुसार एन्जलले मात्रै २७ लाख ७२ हजार रुपैयाँ ए’जेन्टलाई बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *