चीनबाट काठमाडौं आइपुग्यो १० लाख डोज खोप

स्वास्थ्य खबर

काठमाडौं । सरकारले आठ लाख डोज को’रोना खोप चीनबाट नेपाल ल्याएको छ ।नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डो’ज ल्याइएको हो ।

नेपाल सरकारले चीनको सि’नोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको छ। त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो। त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ । त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *